११ माघ, बिराटचौक। मोरङको सन्दरहरैचा नगरपालिका ४ मा सबैभन्दा होची युवती फेला परेकी छिन । उनको उचाई २ फिट २ इन्च मात्र रहेको छ । पारिवारिक अवस्था कमजोर रहेकी २० बर्षीय मालती मिरर (ऋषिदेव) नाम गरेकी युवती बिश्वकै होची रहेको स्थानीय बासिन्दाको अनुमान रहेको छ । उनका परिवारका सदस्यहरु स्थानीय खोलामा गिटि कुटेर जिविकोपार्जन गर्दै आएका छन । सुन्दरहरैचा नगरपालिका ४ बडहरा खागटोलस्थित डम्पिङ साईडमा रहेको झुप्रो घरमा बसोबास गर्दै आएकी उनक उचाई स्थानीय बिज्ञहरूले मापन गर्दा २ फिट २ इञ्च मात्र रहेको बताइएको छ ।

यसभन्दा अघि बिश्वकै होचा ब्याक्तीको रूपमा गिनिज बुक अफ वर्लडमा नाम दर्ता भएका स्वर्गीय कलाकार दिपेन शाहको उचाई ३१ इन्च मात्र रहेको थियो । सानै उमेरदेखि हिडँडुल गर्न नसकेकै कारण शिक्षाबाट बञ्चित २० बर्षीय मालती अहिले घरमै यताउतिको काम गर्दै दिनचर्या बिताउँछिन । नागरिकता बनाउन जाँदा उमेर १८ पुगिसकेपनि जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारीहरूले सानै देखेर नागरिकता दिनै नमानेको मालतीका बाबु रमेश मरर (ऋषिदेव) गुनासो गर्छन ।

लामो संघर्षपछि नागरिकता पाएको तर जन्मसिद्धको आधारमा नदिएको समेत उनले दुखेसो पोखे । अहिले पनि मालतीको अवस्था दयनिय नै रहेको छ । बिहान बेलुकाको छाक टार्न उनका परिवारलाई धौ धौ पर्ने गर्छ । उक्त वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले आफ्नै गाउमा रहेका ति युवतिको बारेमा आफुलाई पुरै जानकारी नभएपनि उनको उचाई मापन गरेपछि मात्र थहा भएको बताए । उनले अब उनि नेपालकै या बिश्वकै होची हुनसक्ने बिधि अपनाउने बताएका छन ।

तपाईको प्रतिक्रिया