११ माघ, इटहरी। सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति आमन्त्रित गोल्डकपको दोस्रो सेमिफाइनलमा कोलकोत्ताको गरिफा युनाटेड क्लवलाई ३ शुन्यले हराउदै मनागं मस्यादी क्लवले फाइनलमा थ्रिस्टारसंगको भेट पक्का गरेको छ । खेलको पहिलो हाफ गोलरहित वरावरीमा सकिएको थियो भने पहिलो हाफको इन्जुरी समयमा गरिफाका ५ नम्वर जर्सीका अवु बोअकाइले रातो काड पाउदै मैदान बाहिरीएपछि त्यसको फाइदा उठाउदै मनागंले ३ शुन्यले जित हात पारेको हो ।

दस खेलाडिमा सिमित गरिफा माथि हावी भएको मनागंले दोस्रो हाफको दुई मिनेट वित्न नपाउदै जर्सी नम्वर ९का सन्तोष साउखलले सुजल श्रेष्ठले डिबक्स भित्र दिएको सर्ट पासको सदुपयोग गर्दै टिमका लागि जितका लागि खाता खेलेका थिए । खेलको २२सौं मिनेटमा पुनः सन्तोष साउखलले भिक्टरको पासमा दोस्रो गोल गरेका थिए ।

दस खेलाडिमा सिमित गरिफालाई दवावमा राख्दै मनागंले वान टु का आधारमा खेलको थियो । दोस्रो हाफ पछि रक्षात्मक खेल खेलको गरिफा विरुद्ध मनागंका विमल रानाले ३०औं मिनेटमा २५ याड टाढाबाट क्यारी गर्दै लगेको वल विपक्षी गोलकिपरलाई कुनै मौका नदिई विट गर्दै जाली चुमाएका थिए । वुधवार भएको पहिलो सेमीफाइनलमा थ्रिस्टारले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल आगामी शनिवार थ्रिस्टार र मनागं विच हुने आयोजक राष्ट्यि जागृति क्लवले जनाएको छ ।

तपाईको प्रतिक्रिया