११ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक समारोहका बिच निरन्तर शिक्षा कक्षाको उदघाट्न गरिएको छ।सुनौलो बिहानी सामुदायीक सिकाइ केन्द्र भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष सुनिल कुमार साहको अध्यक्षता तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द प्रसाद्र यादवको प्रमुख आथित्यमा निरन्तर शिक्षा कक्षाको उदघाट्न भएको हो ।

सो निरन्तर शिक्षा कक्षाको उदघाटन समारोहमा बिशिष्टहरुमा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, जिल्ला शिक्षा कार्यालय सुनसरीका स्रोत व्याक्ति सोम कोइरालाको उपस्थिती रहेका थिए, भने अथितीहरुमा भोक्राहा नरसिंह गाउँपालिकाका वाडा नं. ३ का वडाध्यक्ष सुकदेव यादव, वाडा नं. ४ का वडाध्यक्ष हारुण अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ अधिकृत पूण्य सिग्देल, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य हरिगोविन्द यादव,अभिभाक संघ सुनसरीका अध्यक्ष किसोर सिंह, स्थानिय तहका प्रत्यासी उम्मेदवार नेपाली काग्रेंसका अजम्ल अक्तर, पृथ्वीनरायण अधारभुत विधालय भोक्राहा ४ का प्रअ विष्णुदेव उँराव लगायतको उपस्थितीमा निरन्तर शिक्षा कक्षाको उदघाट्न भएको हो। सो उदघाट्न समारोहको कार्यक्रम संचालन भोक्राहा नरसिंह गाउँपालिका वाड नं. ४ का वडा सचिव श्याम प्रसाद दहालले गरेको थियो। यसै बिच कार्यक्रमलाई सफल पार्न भोक्राहा नरसिंह गापाका अध्यक्ष यादवले निरिक्षर विद्यार्थीहरुको कालो पार्टी, ओछयान् लागायतको व्यस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया