११ माघ, इटहरी। मुलुकमा मधेशीहरुको हक अधिकार स्थापित गर्ने प्रेरणाका प्रतिकका रुपमा लिइने गजेन्द्रनारायण सिंहको १६औं स्मृति दिवस राष्ट्रिय जनता पार्टीले सुनसरीमा सम्मान कार्यक्रम गरि मनाएको छ ।

सुनसरीको लौकहीमा राजपा सुनसरी क्षेत्र नम्वर ४ ले २०७२ सालमा मधेशीहरुको हक अधिकार प्राप्तिका लागि भएका आन्दोलनका घाइते तथा संचारकर्मीहरुलाई सम्मान गरि मनाएको हो। २०७२ सालमा संविधान जारी हुनु अघि संविधानमा मधेशीहरुको हक अधिकारका सवालहरु समेटीनु पर्ने तथा संविधान जारी भएपछि संविधान संशोधनको माग राख्दै भएको आन्दोदनका घाइतेहरुलाई सम्मान गरियो ।

सम्मान कार्यक्रममा पहिलो संविधानसभाकी सभासद सविता कुमारी यादव, संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य हरगोविन्द यादव, राम नारायण यादव लगायतका तत्कालीन समयमा घाइते भएका योद्धाहरुलाई सम्मान गरियो । सोही सम्मान कार्यक्रममा विभिन्न समयका भएका राजनैतिक परिवर्तनका पक्षमा तथा गत प्रतिनिधिसभा तथा प्रदेससभा सम्मका निर्वाचनहरुलाई भयरहित वातावरणमा सम्मपन्न गर्ने विषयमा कलम चलाएको भन्दै एभिन्युज खबरका इटहरी व्युरो संवाददाता कृष्ण भट्टराई सहित सात जना संचारकर्मीहरुलाई समेत सम्मान गरियो । सम्मान कार्यक्रममा घाइते तथा संचारकर्मीहरुलाई पहिलो संविधानसभाकी सभासद सविता कुमारी यादव र कार्यक्रमका प्रमुख अतिथी संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य हरगोविन्द यादवले गम्छा ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरे ।

तपाईको प्रतिक्रिया