१२ माघ । साउदी अरबमा १२ वटा उँटलाई त्यहाँको सौन्दर्य प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको छ । ति उँटहरुलाई सुन्दर देखाउन उनीहरुको मालिकले कृतिम रसायन ‘बोटोक्स’ प्रयोग गरेको आरोप छ ।हाल साउदी अरबमा ‘सुल्तान अब्दुल अजीज क्यामल फेस्टिवल’ आयोजना भइरहेको छ । त्यहाँ हजारौं उँटहरुलाई परेड गराएर ओठ र ढाडको उचाईको आधारमा उनीहरुको सुन्दरताको फैसला गरिन्छ । यसका साथै ति उँटहरुको दौडको गति र उनीहरुको दूधको स्वादको आधारमा पनि विजेता चयन गरिन्छ ।

तर प्रतियोगिताको दौरान त्यहाँ उपस्थित निर्णायक मण्डलीहरुले केहि उँट मालिकहरुले पुरस्कारको चक्करमा धोखा गर्न खोजेको पत्तो लगाएका हुन् । उक्त प्रतियोगिताको इनाम ५ करोड ७० लाख अमेरिकी डलर रहेको छ । नेपाली रुपयाँमा यसको मूल्य करिब ५ सय ८० करोड रहेको छ ।साझापोष्टको सहयोगमा

तपाईको प्रतिक्रिया