१२ माघ, मिकाइल आलम इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा जेसिसको अध्यक्षमा कुन्दन मेहता चुनिएका छन् । इनरुवा जेसिसको ३४ औं शाखा अधिवेशनले मेहताको नेतृत्वमा २०१८ का लागि ११ सदस्यीय इनरुवा जेसिस चयन गरिएको हो ।

नयाँ गठित इनरुवा जेसिसको कार्यकारिणी उपाध्यक्षहरुमा सम्यम कोइराला र जितेन्द्र यादव रहेका छन् भने महासचिवमा पुष्पा खरेल रहेकी छिन् । यसैगरी कोषध्यक्षमा डा.विशालचन्द्र सुवेदी तथा कानुनी सल्लाहकारमा चन्दन यादव छन् । उपाध्यक्षहरुमा दिपेश भट्टराई,अनुशा दाहाल,सतिस साह र सृजना श्रेष्ठ चयन भएको इनरुवा जेसिसका निवर्तमान अध्यक्ष धिरज भट्टराईले बताए । भट्टराईका अनुसार नयाँ समितिको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सहिद दिवसको अवसरमा माघ १६ गते मंगलवार इनरुवामा हुनेछ ।

तपाईको प्रतिक्रिया