fighter planeपेरिस, २२ मङ्सिर । करिब पाँचवर्ष देखि गृहयुद्ध जारी रहेको सिरियामा फ्रान्सेली युद्धक विमानले कारबाही जारी राखेका छन् । सोमबार पनि सो आक्रमण जारी नै राखेको बताइएको छ । इस्लामिक जिहादीहरुको संस्था इस्लामिक स्टेटको प्रभाव रहेको भन्दै फ्रान्सेली सैनिकले सिरियाको राक्वा सहरमा सोमबार आतङ्ककारीहरुको खोजीलाई व्यापक बनाएको बताएको छ ।

हवाई हमला सोमबार राति पनि जारी रहेको समाचारमा जनाइएको छ । साथै सो आक्रमणमा परी कैयौँ मारिएको अनुमान गरिएको छ । तर त्यसको बिस्तृत विवरण भने प्राप्त भएको छैन । ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान र त्यस वरपरका नगरहरुमा विगत केही दिनयतादेखि रातिदेखि हवाई हमला गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया