१३ माघ, ईटहरी। प्रदेश नम्बर १ अन्र्तगत सुनसरीको इटहरीमा शनिबार सम्पन्न नेपालकै सर्बाधिक पुरुस्कार राशि भएको प्रथम मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्रीस्टार क्लबले चुमेको छ ।फाइनलमा खेलमा थ्रीस्टारले मनाङमाथि १–० गोल अन्तरको जित निकालेको हो ।

खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए । तर, मनाङ खेलमा र्फकन उकेन र बुद्धको गोल नै निर्णायक बनेको थियो । जितको उपाधि सँगै थ्रीस्टारले १२ लाख रुपैयाँ हात पारेको छ भने मनाङ मस्र्याङ्दीले ६ लाखमा चित्त बुझाउनु परेको छ । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनल यात्रामा आइपुगेको थियो । मनाङले यो वर्ष नै दुई उपाधि चुमिसकेको थियो । गरिफा स्पोर्टिङ क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको थियो । बिजेता र उपबिजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव बिष्टले प्रमाणपत्र सहित पुरुस्कार बितरण गरेका छन ।

तपाईको प्रतिक्रिया