१३ माघ, बेलबारी। मोरङको बेलबारी १० भाउन्ने जंगलमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएको छ । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुतीमा अचानक आगलागी भएको जनाईएको छ । दिँउसो १:४५ बजे सेतो रङको मारुती भ्यानमा अचानक आगलागी भएको थियो । पुरानो र पेट्रोल गाडी भएका कारण आगलागी भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।आगलागीका कारण मारुती जलेर खरानी भएको छ । सो मारुती कस्को हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया