isis

२२ मङ्सिर । इराक र सिरियामा विदेशी विद्रोही लडाकूको सङ्ख्या गतवर्षको तुलनामा दोब्बर भएको समाचार छ ।सो सङ्ख्या २७ हजार भन्दा बढी पुगेको अमेरिकासँग आवद्ध एक गुप्तचर निकायले जारी गरेको प्रतिवेदनमा जनाइएको छ । ती विदेश लडाकूहरु प्रायः आइएस लडाकू समूहमा रहेका जनाइएको छ ।सिरिया र इराकमा २७ हजारदेखि ३१ हजारको सङ्ख्यामा ८६ वटा देशका लडाकू पुगेका थिए । सन् २०१४ जुनसम्ममा सो सङ्ख्या सिरियामा करिब १२ हजारको हाराहारीमा मात्र रहेको बताइएको थियो।यी दुबै देशमा आइएसको नियन्त्रणमा रहेको इलाकामा ती विदेशी लडाकूले ठूलो सङ्ख्यामा भ्रमण गरेका जनाइएको छ।

तपाईको प्रतिक्रिया