१३ माघ, इनरुवा। सुनसरी सदरमुकाम ९ बबियाका ५० गरिव तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । मारवाडी यूवा मञ्च तथा मारवाडी महिला मञ्चको आयोजनामा बबियाका ५० परिवारलाई न्यानो कपडा वितरण गरिएको आयोजक संस्थाका सौरव अटलले जानकारी दिनुभयो । उक्त वार्डमा रहेका गरिव, विपन्न, दलित, एकल महिला, अपाङग, वृद्धवृद्धा लगायतलाई न्यानो कपडा कम्वल वितरण गरिएको स्थानीय समाजसेवी भगिरथ खत्वेले जानकारी दिनुभयो । केही दिन यता देखि सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा बढेको जाडोबाट जोगिनका लागि उनीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा पाएपछि उनीहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया