१३ माघ, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा सहकारी समन्वय समिति गठन भएको छ । जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका सञ्चालक सदस्य तथा ५ नम्बर क्षेत्रिय संयोजक सुरेशराज शर्माको अध्यक्षतामा सहकारी समन्वय समिति गठन भएको हो । समितिको अध्यक्षमा तजमुल हुसेन, उपाध्यक्षमा चिनेश्वर मेहता, सचिवमा राजकुमार मेहता, सहसचिवमा जुद्धिलाल सरदार र कोषाध्यक्षमा मुर्तिदेवी खत्वे चयन भएको छ । त्यस्तै सदस्यहरुमा किसन मण्डल, सूर्यनारायण दैयार, चन्द्रदेव यादव, राजेन्द्रकुमार गुप्ता, कविता देवी मण्डल, रुवनीदेवी सरदार, ललिता कुमारी सरदार, सुनिता देवी सरदार, प्रमोद चौधरी, पार्वतीदेवी उराँव लगायतको चयन भएको बताइएको छ । समितिले गाउँपालिका भरी रहेको सहकारीहरुलाई एकिकृत गर्दै समन्वय गर्ने र सल्लाह सुझावहरु प्रदान गर्ने सचिव राजकुमार मेहताले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया