१३ माघ, ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका-५ बर्णालुमा शनिबार टिपरले किचेर एक कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोलुखुम्बको दुधकुन्ड नगरपालिका-८ घर भइ हाल सोही ठाउँको सडकमा काम गर्ने १८ बर्षिय बिवायिसी तामाङ रहाक छन्। उनको विहान १०:३० बजेतिर बा २ ख ९५६४ नम्बरको टिफरले ढुङगा अनलोड गरी पछाडी सार्ने क्रममा चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको किचेको हो। घटनास्थलमा विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ भने टिपरका चालक फरार रहेकाले खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया