हाम्रो सञ्जाल नेपाल इनरुवाको विशेष साधारण सभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ। प्रमुख अथिति माननिय अर्थमन्त्रि ज्ञानेन्द्र कार्की रहनुभएको थियो भने विशिष्ट अथितिमा पुर्व राज्यमन्त्रि माननिय सिताराम मेहता, माननिय राजिव कोइराला, प्रा. डा. बद्रि विशाल पोख्रेल, इनरुवा नगरपालिका प्रमुख राजन मेहता रहनु भएको थियो।

उक्त कार्यक्रममा आफ्नो जिवनमा विशिष्ट योगदान पुर्याउने ४ जना व्याक्तित्वलाई सम्मान गरेको थियो। शिक्षा क्षेत्रमा योगदान पुर्याउने छविनाथ रिजाल त्यसैगरी जनस्वास्थ्यको क्षेत्रमा सोमतराज बस्नेत, महिला अधिकार तथा सामाजिक क्षेत्रमा चुन्नी खातुन, कृषि क्षेत्रमा चितरञ्जन यादव हाम्रो सञ्जालले सम्मान गरेको थियो।

कार्यक्रमका अध्यक्ष सितोष कुमार पोख्रेलले माननिय अर्थमन्त्रि ज्ञानेन्द्र कार्की तथा प्रा. डा. बद्रि विशाल पोख्रेललाई मानर्थ सदस्यताको प्रमाण पत्र प्रदान गर्नुभएको थियो।

सितोष कुमार पोख्रेलको नेतृत्वमा विशेष साधारण सभाबाट ३३ सदस्य नया कर्यसमिति चयन गरिएको छ। उपाध्यक्ष कृष्ण देव मेहता, सचिव झलकराज खडका, सहसचिव चेत प्रसाद अधिकारी, कोषाध्यक्ष अन्जु कुमारी भट्टराई रहनुभएको छ। उक्त कार्यक्रममा १९६ जना साधारण सदस्यको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया