१४ माघ, इनरुवा। नेपालका प्रातिष्ठित औधोगिक घराना चौधरी ग्रुपले सुनसरीको गढि गाउँपालिका स्थित औरावनीमा सीजी इन्डस्ट्यिल पार्कको आज एक कार्यक्रमको विच शिलान्यास गरेको छ । सुनसरीको ग्रामिण क्षेत्रमा निर्माण हुन लागिएको सो औधोगिक ग्राम करिव २२ विगहामा फैलिएको छ । सो औधोगिक ग्रामको शिलन्यास उपप्रधान मन्त्री विजयकुमार गछदारले गर्नु भएको छ । ग्रामको शिलन्यास गर्नु हुदै उपप्रधानमन्त्री गछदारले मुलुकको औधोगिक क्रान्तिमा अग्रणी भुमिका रहेको चौधरी परिवारको यो कदमले यस आसपसको क्षेत्रमा ठुलो परिमाणमा जन्ताले रोजगारी पाउने बताउनु भयो ।

२०२८ सालमा सुनसरीकै दुहवीमा विनोद चौधरीका बावु लुनकरणदस अग्रवालले पशुपति विस्कुटकको उधोग सञ्चालनमा ल्याएर यस क्षेत्रमा उधोगको सुरुवात गरेको सस्मरण गर्नु हुदै नेता गछदारले निर्माण हुन लागेको सीजी इन्डस्ट्यिल पार्क एक नम्बर प्रदेशकै नमुना हुने बताउनु भयो । त्यसतै कार्यक्रममा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले मुलुक सघिंयतामा गएपछि आफुले एक नम्बर प्रदेशको नमुना आयोजनाको रुपमा सीजी इन्डस्ट्यिल पार्ककको निर्माण गर्न लागेको बताउनु भयो । पार्क उधोग मात्र नभएर यस क्षेत्रको गरिमाको रुपमा आफु स्थापना गर्न लागिपरेको उहाले बताउनु भयो ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्किले चौधरीको ग्रुपले अयोजनालाइ सरकारले हरसम्भव सहयोगको वातावरण वनाउन सहगोग गर्ने वताउनु भयो । यसै विच नेकपा एमालेका प्रभावशाली नेता भिम आचार्यले आब वन्ने पाचँ वर्से स्थाइ सरकारले कुनै पनी तुस नराखि चौधरी ग्रुप तथा औधोगिक क्रान्तिकालागी सवैसंग हातोमालो गर्ने वताउनु भयो ।

तपाईको प्रतिक्रिया