१५ माघ, मोरङ। मोरङको बुढीगंगा गाउँपालिका-१ गंगा चौकबाट प्रहरीले आइताबर २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ७८१६ नम्बरको टेम्पोमा सवार जिल्ला धनकुटा खोकुछिन्ताङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ बर्षिय रामकुमार राइ रहेका छन्।

राइलाई सि. आर. भी. बाँसबारीबाट खटिएको प्रहरीको टोलीले बेलुका ९ बजेतिर पक्राउ गरको हो। पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको छ भने टेम्पोका चालक फरार रहेकाले खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया