१५ माघ, इनरुवा। देउवा सरकारको पछिल्लो निर्णय अनुसार सार्वजनिक नयाँ शहीदको सूचिमा सुनसरीका ७ जनाको नाम समावेश भएको छ । मन्त्रि परिषदको आजको निर्णय अनुसार गृह मन्त्रालयले सार्वजनिक गरेको १ सय ९० नयाँ शहीदको सूचिमा सुनसरीका ७ जना शहीदको सूचिमा परेका हुन् ।

अनुसुचि १ नम्वर फारमको क्रम संख्या ७ मा स्वर्गिय अङ्गमणी राई सहित क्रमश क्रम संख्या ९ मा स्वर्गिय ढाक बहादुर राई, क्रम संख्या १० मा स्वर्गिय कृष्ण बहादुर सुब्बा लिम्बु, क्रम संख्या १४ मा स्वर्गिय शुशिल कट्टेल, ४७ मा स्वर्गिय रामि मिया, क्रम संख्या १३२ मा स्वर्गिय पदमजङ्ग देवान र क्रम संख्या १५९ मा स्वर्गिय गितानिधि रायमाझीको नाम सुनसरीबाट शहीदको सूचिमा समावेश गरिएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचनामा नयाँ थपिएकाहरु कुन घटनामा परी कहाँ र कहिले कुन मितिमा शहीद भएको भन्ने बारे भने उल्लेख छैन । सुनसरीबाट शहीदको सूचिमा परेका स्वर्गिय गितानिधिको ठेगानामा भने इटहरी नपा प्रमुख सुनसरी उल्लेख गरिएको छ । बाँकी ६ जनाको जिल्ला बाहेक अन्य कुनै ठेगाना अनुसुचिमा खुलाइएको छैन् ।

तपाईको प्रतिक्रिया