१५ माघ, विराटनगर। नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा विराटनगरमा स्थापना भएको छ। शैक्षिक परामर्श केन्द्रको १४ औं शाखा विराटनगर ९ मेनरोड स्थित रहेको “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रको आईतबार औपचारीक रुपमा उद्घाटन गरिएको छ ।

विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली , “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस मुख्य कार्यकारी निर्देशक सञ्जीव कुमार शर्मा, विराटनगर शाखा प्रमुख अनुभव दाहालले केन्द्रको औपचारीक रुपमा उद्घाटन गरेका छन् । यसैविच “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्रले आईतबार विद्यार्थीहरुका लागी फ्रि सेमिनार पनि गरेको छ । सेमिनार कार्यक्रममा अष्ट्रेलिया पढ्न चाहने विद्यार्थी तथा उनीहरुका अभिभावक, स्थानिय वुद्धीजीवी र शिक्षाविदहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया