माघ १६ इनरुवा /शहीद दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ ।
दिवसको सन्दर्भ पारेर इनरुवाको सखुवागाछीमा जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरुलाई सम्मान गरिएको छ ।


नारी साझा मञ्च इनरुवाले दलित,गरिव र विपन्न समूदायको प्रतिनीधित्व हुनेगरी स्थानीय पाँच दर्जन बढी जेष्ठ नागरिक सहित एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरी शहीद दिवस मनाएको हो ।

 

इनरुवा नगरपालिका वडा नम्वर ३ को सहयोगमा संचालित कार्यक्रममा सम्मानित हुनेहरुलाई जाडोको न्यानो कपडा सहित हरलिक्स बितरण गरेको छ ।  निर्वाचित एमाले वडाध्यक्ष कालुराम गुरुङ्ग, संस्थाकी अध्यक्ष सकुन्तला भण्डारी सहित सचिव सरिता घिमिरे लगायतका वक्ताले शहीदको आहुतिलाई मनन गर्दै सामाजिक उत्तरदायित्व सहित सम्मान कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया