Bidesकाठमाडौं २३ मंसिर, / रोजगारदाता र कामदार स्रोत मुलकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हक, हित सुनिश्चित गर्ने उपायमध्येको प्रभावकारी मानिन्छ । तर, वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली यस्तो देशमा काम गर्छन जोसँग नेपाल सरकारले श्रम सम्झौता नै गरेको छैन् ।

बढी संख्यामा आफ्ना नागरिक काम गर्न जाने मुलुकसँग सरकारले श्रम सम्झौता नगर्दा विदेश गएका अधिकांश नेपाली काम अनुसारको सुविधाबाट बञ्चित रहेको छ ।

सरकारले संसारका एक सय १० देशमा कामदार पठाउन अनुमति दिने गरे पनि बहराइन, कतार, युएई, जापान, कोरिया र इजरायलसँग मात्र श्रम सम्झौता गरेको छ । मलेसिया, साउदी अरब जस्ता देशसँग श्रम सम्झौता हुन नसक्दा नेपालीहरु सस्तोमा श्रम बेच्न बाध्य रहेका छन् भनी अाजकाे नागरिकमा खबर छापीएकाे छ ।

 

तपाईको प्रतिक्रिया