१६ माघ, सुनसरी। प्रेस चौतरी नेपाल सुनसरीले दुई ओटा पत्रकारीता पुरस्कार स्थापना गरेको छ । सुनसरीका अग्रज पत्रकार स्व डम्बर बहादुर थापाको स्मृतीमा डम्बर बहादुर थापा स्मृति प्रेस चौतारी पत्रकारीता पुरस्कार र प्रेस चौतारी पर्यटन पत्रकारीता पुरस्कार स्थापना गरेको हो । प्रेस चौतारी नेपाल सुनसरीको बैठकले अग्रज पत्रकार थापाका नाममा हरेक वर्ष १० हजार एकसय रुपैयाको पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्कार प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणी सुवेदीले थापाका नाममा स्थापना गरेका हुन ।

त्यस्तै प्रेस चौतारी नेपाल सुनसरीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य देवेन्द्र कार्कीले पर्यटन पत्रकारीता पुरस्कारका लागि ५० हजार रुपैयाको अक्षय कोष राख्ने निर्णय गरेका हुन । दुवै पुरस्कार प्रेस चौतारीले विशेष कार्यक्रम गरेर वितरण गर्ने जनाएको छ ।

साथै प्रेस चौतारी नेपाल सुनसरीका पदाधिकारीको जिम्मेवारी समेत हेरफेर गरेको छ। बैठकले अध्यक्षको जिम्मेवारी शेखर ढकाललाई दिएको छ । ढकाल यसअघि सचिव थिए । उपाध्यक्षको जिम्मेवारी शुभद्रा प्याकुरेल, सचिवको जिम्मेवारी विकास राई, सह सचिवको जिम्मेवारी दिनेश गजमेर, कोषाध्यक्षको जिम्मेवारी धिरेन्द्र लिम्बुालई दिने निर्णय गरेको छ । यसअघि प्याकुरेल कोषाध्यक्ष, राई सह सचिव, गजमेर र लिम्बु सदस्य थिए । प्रेस चौतारी सुनसरीका अध्यक्ष देवेन्द्र कार्की केन्द्रिय सदस्यमा मनोनित भएपछि कार्यसमितिका पादाधिकारीको जिम्मेवारी हेरफेर गरिएको अध्यक्ष ढकालले बताए ।

तपाईको प्रतिक्रिया