माघ १७, इनरुवा। सुनसरी जिल्ला आउँदो फागुनको १५ गते साक्षर जिल्ला घोषणा हुने भएको छ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले साक्षर जिल्ला घोषणाको मिति तय गरिएको जानकारी दिए  । जिल्ला शिक्षा समिति सुनसरीको बैठकले फागुन १५ गते औपचारिक कार्यक्रम गरी साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । कार्यक्रमकालागि तयारी अघि बढाइएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको हालको साक्षरता प्रतिशत ९५ दशमलव ४० प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया