१७ माघ, इनरुवा। सुनसरीमा १२ वटै स्थानीय तहमा निरन्तर कक्षा संचालन गरिएको छ । जिल्लाका दुई उपमहानगरपालिका सहित चार नगरपालिका र छ वटै गाउँपालिकामा विद्यालय जाने उमेर पार गरिसकेको समुदायलाई लक्षित गरी निरन्तर कक्षा सञ्चालनमा ल्याइएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।

साक्षर जिल्ला घोषणाको तयारी गरिएपनि सतप्रतिशत साक्षर जिल्लाको उद्येश्यसहित स्थानीय तह लक्षित गरी अभियान संचालनमा ल्याइएको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए । २१ वटा सामुदायिक सिकाइ केन्द्र मार्फत निरन्तर कक्षा सञ्चालनमा ल्याइएको छ ।

निरन्तर कक्षामा १६ वर्षदेखि ६० वर्ष उमेर समूहका निरक्षरका साथै विगतको साक्षरता कक्षामा सहभागी भएकाहरुको समेत सहभागिता रहने निर्देशिका बमोजिम व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया