विराटनगर । संविधान अनुसार प्रदेश १ मा फागुन ८ गतेभित्र मन्त्रिमण्डल गठन भइसक्नुपर्छ तर दलहरुले आझैसम्म संसदीय दलको बैठक समेत राख्न सकेका छैनन् ।सरकार गठन गर्नुपर्ने एमाले नेताहरु मुख्यमन्त्रीको दौडमा काठमाडौंमा छन् ।समाचारमा लेखिएको छ, उनीहरु नआउँदा प्रादेशिक राजधानीमा खासै राजनीतिक चहलपहल हुन सकेको छेन । सपथ खाएर जिल्ला फर्केका प्रदेश सदस्यहरु संसदीय दलको बैठक नबस्दा अन्योलमा छन् । प्रदेशसभा सदस्यहरु निर्वाचित घोषणा भएको ३५ दिनभित्र प्रदेश सरकार गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया