maoist-office२३ मंसिर काठमाडौं । बाबुरामको बहिर्गमनपछि आनन्दले आफ्नो मनमौजी पार्टी चलाउने सोचमा रहेका प्रचण्ड फेरी एकपटक समस्यामा परेका छन् ।

एमाओवादीभित्र बैचारिक सघर्षको कुनै अर्थ छैन भनेर आत्मसमर्पण गर्ने तयारीमा रहेका राम कार्की लगायतका पूर्व बाबुराम गुटका केही हस्तिमा भने चालु केन्द्रिय समिति बैठकले आशा र उर्जा थपेको छ ।

यसरी चिन्ता र भरोसा दुवै अवस्था सिर्जना भने एउटा फुच्चे केन्द्रीय सदस्यको तर्कपूर्ण बुद्धिविलासले गराएको हो । र, ति पात्र हुन् धनकुटाबाट ०६४ मा निर्वाचित पूर्व सभाषद हेमराज भण्डारी ।

दस्ताबेज भन्दै लाजमर्दौ गरी २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पार्टी अध्यक्षले पेस गरेपछि केन्द्रिय समितिमा बोल्ने अधिकांश वक्ताले त्यसको आलोचना गर्दै आएका थिए ।

१५ गते सुरु बैठकमा कसैले पनि फरक मतको दस्तावेज राख्न सकेका थिएनन तर १९ गते भण्डारीले फरक दस्तावेज पेस गरेपछि प्रचण्ड लगायतका केही माओवादी नेतामा तरंग नै उत्पन्न भएको छ ।

माओवादी उच्च स्रोतका अनुसार भण्डारीले दिउसो पेश गरेको फरक मतको प्रतिवेदनका कारण शनिबार बालुवाटारमा शीर्ष नेता र प्रतिपक्षको बैठकमा समेत प्रचण्ड अनुपस्थित रहेका हुन् । आजको जन आस्थामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया