medicine२३ मंसिर काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ । अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा नआएपछि मंगलबार विमानस्थल भन्सारले औषधि जफत गर्ने निर्णय गरेको हो ।

विमानस्थल भन्सारले गत १४ मंसिरमा एक साताभित्र औषधि हकदाबी गर्न आउन सूचना निकालेको थियो । गत वैशाखमा गएको भूकम्पका घाइतेलाई सहयोग पुर्‍याउन भन्दै विभिन्न संघ–संस्थाले २० असारपछि पठाएको करिब डेढ अर्ब रुपैयाँबराबरको औषधिमध्ये विमानस्थल भन्सारमा ६० करोडभन्दा बढीको औषधि अलपत्र परेको थियो ।

बाँकी औषधि वीरगन्ज भन्सारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया