फाइल फोटो
फाइल फोटो

अमर काफ्ले इनरुवा मंसिर २३/
भारतको विरपुरमा एसएसबीको नियन्त्रणमा रहेका सवै नेपालीलाई सुनसरी प्रहरीले परिवारको जिम्मा लगाएपनि दुई जनामाथि भने अनुसन्धान अघि बढाएको छ ।
नेपाली नाका हुँदै भारत प्रवेश गर्ने क्रममा एसएसबीले नियन्त्रणमा लिएका ५२ जना नेपाली मंगलवार दिउँसोनै गन्तब्य तर्फ लागेपनि १६ जनालाई भने सुनसरी प्रहरीको टोलीले मंगलवार साँझ इनरुवा ल्याई पुर्याएको थियो ।
एसएसबीले १६ जना उपर शंका जनाउँदै नेपाल प्रहरीलाई अनुसन्धान अघि बढाउन आग्रह गरेको थियो । प्रहरीले जिल्ला ल्याएका १६ जना मध्ये ५ जना बालिका रहेका छन् । उनिहरुलाई महिला अधिकारकर्मीको जिम्मा लगाइएको छ ।
सुनसरी प्रहरीका अनुसार बालिकाहरुलाई किन, कस्ले र केका लागि भारत लान लागिएको भन्ने बारेमा अनुसान अघि बढाइको छ । अनुसन्धानका क्रममा संगै रहेका दुई पुरुष उपर शंका लागेकाले उनिहरुलाई नियन्त्रणमा राखिको छ । बालिकाहरु र साक्षीको बयानका आधारमा उनिहरु माथिको अनुसन्धानले पूर्णता पाउने प्रहरी नायब उपरीक्षक चिरञ्जिवी कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बालकालिकालाई ललाई फकाई भारत लैजान खोजिएको देखाएको छ । नियन्त्रणमा रहेका व्यक्तिहरुको नाम खुलाउन नचाहेको सुनसरी प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिहरु समेत पक्राउ पर्न सक्ने संकेत गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ । घटनाका सम्वन्धमा सुनसरी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी थप जानकारी गराउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया