काठमाडौं / सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् ।सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन् ।

स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । समाचारमा लेखिएको छ, निर्देशिकाको मस्यौदामा १२ बर्षभन्दा मुनिकाको हकमा सिट क्षमताबराबर संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

१२ बर्ष मुनिकाको हकमा भने बसको सिट क्षमताभन्दा एक दशमलव ५ गुणा विद्यार्थी राख्न सकिने व्यवस्था छ । कम उमेरका बालबालिकालाई एउटै सिटमा दुईजनासमेत राख्न सकिने भएकाले यस्तो नियम बनाइएको हो ।आजको नागरिकमा खबर  छ ।

तपाईको प्रतिक्रिया