१९ माघ, सुनसरी। धरान‍२० स्थित विष्णुपादुकाबाट प्रहरीले गएराती सात किलो गाँजा बरामद गरेको छ।अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको टोलीले राती ११ बजेतिर चेकप्वाईन्ट राखि चेकजाँच गर्नेक्रममा धनकुटाको आहालेबाट धरानतर्फ आउदै गरेको मे ५ प ३१५४ र को ११ प १७१२ नम्बरको मोटरसाइकलबाट सो परिमाणको गाँजा बरामद गरिएको हो। प्रहरीले सवारी चेकजाँचका लागि मोटरसाइकल रोक्न खोज्दा दुबै मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडी भागेका थिए। मोटरसाइकलमा छाडिएको जेब्रा झोलाबाट गाँजा बरामद भएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया