१९ माघ, काठमाडौं। राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बैशाख १२ गतेदेखि परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा १२ को परीक्षा वैशाख १४ देखि २७ गतेसम्म हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया