मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि होसविचार पुर्याएर चल्नपर्ने दिन रहेको छ । ज्ञानोन्मादको भावना देखिनसक्ने र कमजोरी उदांगिनसक्ने सम्भावना रहेकोले सो विषयमा ख्याल पुर्याउनु होला । मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगाउन सकिनेछ । सन्तानबाट सुख र केही लाभ मिल्ने देखिन्छ । परनिन्दाको वृतिलाई प्रसय दिँदा स्वकार्य पूरा गर्न समय गुज्रनसक्ने छ भने आफ्नो गोपनीयता खुश्कनसक्ने पनि डर देखिएको छ । अल्लि ध्यान पुर्याउन जरुरी देखिन्छ । बढी बोलेर बाठो हुने मनोविज्ञानले अन्तमा पछुतो पार्नसक्ने भएकोले संयम गर्नु बुद्धिमानी हुनेछ । लगनशीलतापूर्वक स्वकर्ममा खट्नाले भने केही लाभ हातपार्न सकिनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा समानका व्यक्तित्त्वको आर्शिवादले यहाँलाई हित गर्नेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आँटिलो एवम् साहसिलो रहने छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने मौका मिल्नसक्ने छ । विशेष काम बन्नाले अन्य कामकार्यमा पनि प्रचुरमात्रामा रुचि बढ्ने छ । शुभचिन्तकबाट सहयोग मिल्ने र प्रतिस्पर्धा आदिमा पनि सफलता हात लाग्ने छ । राजनीतिजन्य सांगठानिक क्षेत्रमा वचस्व कायम गर्न सकिनेछ भने खेलकुद आदिमा पनि राम्रो पौरख देखाउन सकिनेछ । दाजुभाईसँगको सहकार्यबाट उपयुक्त परिणाम निकाल्न सकिनेछ । प्रफुल्लता एवम् सन्तोष बृद्धि हुनेछ । आज यहाँलाई भगवान हनुमानदेवको आरधनाको साथमा तीन अंक र हरियो रङ्गको प्रयोग शुभकर हुनेछ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । रणनीतिक प्रयत्नले मात्रै नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनजाने र व्यवहारिक सावधनीको जरुरी हुनेछ । सम्भावित प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले भगवान महावीर हनुमानको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन केही अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न सकिने छ । कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । केही महत्त्वपूर्ण कामकार्यमा सफलता हातपार्न सकिनेछ । टाढिएका स्वजन नजिक गराउन सकिनेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान पवनपुत्रको स्तुति गर्नु फलप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने  छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि कतैबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आ“च आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र भगवान हनुमानको भक्ति आज तपाईँको लागि फाइदाकर हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको दिन छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ । केही उच्चपदस्थ मान्य व्यक्तित्त्वसँग सम्बन्ध विस्तार हुनसक्ने छ । राज्यतहबाट बनाउनपर्ने कार्य बनाउनको लागि पनि अनुकूल दिन रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुने छ भने भगवान हनुमानदेवको श्रद्धाभाव बढाउनु हितकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन आफूभन्दा माथिल्लो निकायबाट दबाब तथा अपयशको बाबजुत पनि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा केही लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग प्रयोगर संघर्ष निवृतिको लागि माँ महाकालीको दर्शन एवं श्रद्धाभक्ति गर्नु शुभ हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्नसक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ । आज आठ अंक र रातो रङ्ग शुभ हुनेछ भने र रोगीको सेवाले पूण्य दिनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्नसकने सम्भावना छ भने प्रेमपारखीको लागि पनि दिन उत्तम छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ जगदम्बाको दर्शनभक्ति गर्नुले भाग्ये बृद्धि गर्न मद्दत हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने दिन रहेको छ । केही महत्त्वपूर्ण काममा सफल पौरख प्रस्तुत गर्न सकिनेछ । अवसर एवम् समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा उत्कृष्ट सफलता मिल्ने र सन्तोष मिल्ने छ । यहाँले आज व्यवसायिक एवम् स्वकार्यबाट राम्रो आर्थिक लाभको गर्न सक्नुहुने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण शक्ति बढ्नेछ । थाति रहेका केही विशेष मानिने कामहरु सम्पादन गर्नसकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग शुभ रहने छ भने माँ महाकालीको श्रद्धाभक्ति उपयुक्त हुनेछ ।

तपाईको प्रतिक्रिया