health post२३ मंसिर बाँके। स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नआउदा एक गाउँका बिरामीहरु उपचारविहीन भएका छन् । चिासो बढेसंगै विरामीहरुको अत्याधिक चाप वढिरहेका बेला बाँके जिल्लाको बतहानी गाविसमा रहेको बेतहानी स्वास्थ्य चौकीमा डाक्टर कार्यालय समयमा नहुँदा गाउँलेहरुले उपचार पाउँन नसकेका हुन् । चिसोयाम संगै विरामीहरुको अत्याधिक चाप बढिरहेका वेला स्वास्थ्यकर्मी नहुँदा गाउँलेहरु घण्टौको पैदल यात्रा गरेर सदरमुकाम नेपालगंज तथा भारतको जमुनहा जान वाध्य भएका छन् ।

स्वास्थय चौकीमा कार्यरत डाक्टर तरुण गौतम चौकीमा हाजरी गर्नका लागि मात्र कार्यालय आउने गरेको स्थानीयहरुले गुनासो गरे । थर्ड एलायन्स उप क्षेत्रीय कार्यालयका संयोजक आलम खान व्यक्तिगत काम लागि गाविस कार्यालयमा पुग्दा स्वास्थय चौकीमा ताल्चा झुण्डीएको पाइएको बताए । चौकीमा अनमी समेत रहेका छन तर कहीले काही मात्र चौकी खुल्ने गरेको स्थानीयहरुले गुनासो गरे । यता थर्ड एलायन्सले तत्काल स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई कार्यालय समय सम्म चौकीमा बसेर सेवा प्रदान गर्न अनुरोध गर्दै स्वास्थ्य जस्तो सम्बेदनशील ठाँउमा बसेर खेल्वाड नगर्न सम्बन्धीत निकाय संग आग्रह गरे ।

साथै गाविस कार्यालयका सचिवले समेत जिल्ला विकास समितिको कार्यालयले ३ बजे पछि दैनिक रुपमा जिविसमा आएर काम गर्न सचिवहरुलाई निर्देशन दिएको भनिएको सुनिएकोले तत्काल स्थानीय निकायलाई काममा अबरोध नगर्न समेत जिल्ला विकास समितिको ध्यानकर्षण गराउने बताए । बाँकेको बेतहानी स्थित रहेको गाविस कार्यालय,स्वास्थ्य चौकी लगायत शैक्षिक संस्थाहरु १२ बजे खुल्ने र २ बजे बन्द हुने गरेको पाइएकोले तत्काल सुधार गर्न जरुरी रहेको छ ।

 

तपाईको प्रतिक्रिया