२० माघ, इनरुवा। समाजमा शिक्षकलाई अझैपनि परिवारका व्यक्ति सरहको अभिभावकिय भूमिकामा हेर्ने गरिन्छ । बिद्यालय जहाँ आफ्ना बालबालिकालाई अभिभावकले निर्धक्कताका साथ अध्ययनको लागि पठाउँछन् । अध्ययनकालागि बिद्यालय पठाएका आफ्ना बालबालिका स्वयं शिक्षकबाटै प्रताडित छन भन्दा अपत्तयारिलो लाग्ला । तर यस्तै एक घटनाक्रम फेला परेको छ सुनसरीमा ।

सुनसरीको इनरुवा ६ मधेशा स्थित रहेको जनता माध्यमिक विद्यालयमा घटेको सो प्रवृतिको घटना यतिवेला सार्वजनिक हुन पुगेको छ।
अभिभावकहरुले स्वयं बिद्यालयका प्रधानाध्यापकको नैतिकतामाथि प्रश्न तेस्राएका छन् । प्रअ कृष्णप्रसाद तिम्सिनाको छात्रा विद्यार्थीमाथिको कुचेस्टा र गलत मनशाय लक्षित आशयमाथि अभिभावकहरु उत्रिएका छन् ।

केहिदिन अघि प्रअ तिम्सिनाले एकान्तमा बोलाएर छात्रालाई अश्लिल शब्द प्रयोग सम्मको हर्कत  गरेको हुन् । एकान्तमा बोलाएर प्रअले छात्रासामू गरेको कुराकानी र प्रस्तुतीलाई यतिबेला लुकाउने प्रयास गरिएको छ । बिद्यालय र प्रअको बेइजत हुने भन्दै छात्राहरुका अभिभावकहरुलाई मनाउन बिद्यालयका शिक्षक सहित सिङ्गो व्यवस्थापन समितिनै लागि परेको छ ।

एकान्तमा बोलाएर विषय प्रशंग बाहिरका कुरा गर्नेमात्रै नभएर पाठ्यक्रम बाहिर गएर प्रेम र यौनसँग सम्वन्धित विषयवस्तुमा कुरा गर्ने गरेको प्रअमाथि छात्राहरुको आरोप छ । बिद्यालयमा अध्ययनरत सबैजसो किशोरी उमेर समूहका छात्राहरुले आफुहरुको बढ्दो उमेर किशोरावस्थालाई प्रअले अभिभावक भएर विद्यार्थी नसम्झी किशोरी भएको नजर आफुहरुप्रति लगाएको महसुस भएपनि उनले दिएको पीडा डर त्रास र लाजका कारण सार्वजनिक गर्न नसकेको बताउँछन् ।

प्रअको रवैया गलत मनशासय लक्षित रहेको बताउने छात्राहरु प्रअ तिम्सिनाले आफ्ना विद्यार्थीसँग गर्ने ब्यवहार  जस्ता कार्यको खुलेर बिरोधमा उत्रिएका हुन् । प्रअबाट पीडित भएका छात्राहरुले घटना सार्वजनिक गरेपछि विद्यालयको बदनाम हुने र शैक्षिक पठनपाठनमा अवरोध पुग्ने भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक प्रशासन र केही प्रअका निकटवर्तीहरुले घटनालाई सार्वजनिक नगरी प्रअलाई माफी मिनाहा गर्नकालागि छात्राका अभिभावक र छात्राहरुलाई दबाब दिन शनिवार विद्यालयमा आपतकालिन छलफल र बैठक राखी घटनाको ढाकछोप गर्ने प्रयासमा जुटेका छन् ।

घटना सार्वजनिक भएलगत्तै आरोपित प्रअ तिम्सिना मोबाइल सम्पर्कमा रहेर  घटनालाई ढाकछोप गर्न सबै तहतप्काका अगुवाहरुलाई परिचालन गरिरहेको विद्यालयका एक शिक्षकले बताए । प्रअ तिम्सिना मधेशामा रहेको जनता माविमा कार्यरत रहेको ५ वर्ष बढी समय बितिसकेको छ । जनता माबि मधेशामा उनका सहकर्मी शिक्षकहरुसमेत उनको शैलीप्रति रुष्ट छन् । विद्यार्थीमाथिको खरो व्यवहारसँगै शिक्षकप्रति हेर्ने दृष्टिकोण प्रअको ठिक नभएको र आफुहरु समेत पीडित रहेको स्वयं शिक्षकहरु बताउँछन् ।

प्रअका विरुद्ध खुलेर बोल्न नचाहने शिक्षकहरुले बिद्यालयमा छात्राहरुमाथि प्रअको गलत नजरले आफुहरुले पटक पटक भित्रभित्रै मिलाउँदै आएपनि उनि नसुध्रिएकोले यस घटनाबाट उनले गरेका गलत कृयाकलापको छानविन गरी कार्वाही गर्न विद्यालय व्यवस्थापन समिति र अभिभावक पछि हट्न नहुने बताउँछन् । शिक्षक चिरञ्जिबी रेग्मीले प्रअ तिम्सिनामाथि छात्राहरुलाई दुर्व्यवहार गरेको गम्भिर आरोप लागेकाले वास्तविकता अविलम्ब छानविन हुनुपर्ने बताए । अभिभावकहरुलाई बोलाएर वास्तविकता बुझी विद्यालय प्रशासनले आवश्यक प्रकृया अघि बढाउनुपर्ने उनको भनाई छ । रेग्मीले प्रअ दोषी पाइए कार्वाही हुनुपर्ने बताउँदै गलत कार्यको संरक्षण गर्ने सवालमा आफु शिक्षकहरु सहमत हुनै नसक्ने बताए ।

यद्यपी प्रअ कृष्ण तिम्सिना आफुबाट कुनै गलत कार्य नभएको बताउँछन् । बालिकामाथि कुनैपनि किसिमको दुरब्यवहार र अपशब्द नबोलेको उनले स्पष्ट पारे । बालिकामाथि आफुले शिक्षक सरह प्रस्तुत भएर सामान्य बोलचाल गरेको बताउने प्रअ तिम्सिनाले आफ्नो अभिव्यक्ति र प्रस्तुती शैलीलाई कुनैपनि किसिमको दुरब्यवहार संग जोडेर हेर्न नहुने भन्दै सामान्य अवस्थालाई अतिरञ्जित गर्न खोजिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थ अधिकारीले भने सो विषयमा तत्काल कुनै प्रतिकृया दिन चाहेनन् ।

उता घटनाका सम्वन्धमा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले विद्यालयमा हुने कुनैपनि प्रकारको दुर्व्यवहार अबाञ्छनिय रहेको बताए । बालिकामाथि कुनैपनि किसिमको शारिरीक तथा मानशिक टर्चर हुने कार्यभए वा आशय मात्रै देखाएपनि यौनजन्य हिंसा जनिने हुँदा प्रअ दोषी पाइए कार्वाही गरिने बताए । बिद्यार्थीमाथि दुरव्यहार गर्ने शिक्षकको सवालमा कडा प्रतिकृया जनाएका जिशिअ सुवेदीले दोषी पाइए त्यस्ताको हकमा कार्वाहीकालागि मन्त्रालय सामू सिफारिस गर्न आफु पछि नहट्ने बताए । सुवेदीले बालबालिकामाथि हुने दुर्व्यवाहार र हिंसाका सम्वन्धमा स्वयं अभिभावक समेत सचेत हुन आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया