trusted online casino malaysia
trusted online casino malaysia

birpur cheli bech bikhan
अमर काफ्ले इनरुवा मंसिर २३
भारतको विरपुरमा एसएसबीले नियन्त्रणमा लिई नेपाल प्रहरीलाई जिम्मा लगाएका मध्ये दुई नेपालीलाई सुनसरी प्रहरीले मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्धा चलाएको छ ।
५३ जना नेपालीलाई नियन्त्रण लिई हिजो छाडेको भारतीय सीमा सुरक्षा बल एसएसबीले शंकास्पद भनि नेपाल प्रहरीलाई जिम्मा लगाएका मध्ये दुई जनामाथि सुनसरी प्रहरीले मानव वेचविखन तथा ओसारपसार सम्वन्धि मुद्धामा अनुसन्धान अघि बढाएको छ ।
१६ जना नेपालीलाई जिल्ला प्रहरी कार्यालय ल्याइएकोमा ५ बालिका र एक साक्षीको बयानका आधारमा दोलखाका मिनबहादुर बस्नेत र सोही स्थानका कृष्णबहादुर कार्की उपर सुनसरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
रोजगारीका लागि भारत लैजान लागिएका बालिकाहरुलाई ललाईफकाई गरिएको प्रारम्भिक अनुसन्धानले देखाएपछि उनिहरुलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाइएको सुनसरी प्रहरी प्रमुख संजयराज शर्माले बताए । घटनामा अन्यको समेत संलग्नता रहेको आशंकामा खोजि भैरहेको उनले बताए ।
घटनाका सम्बन्धमा सुनसरी प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनकावीच बालिकाहरुले आफुहरुलाई सुरुमा जनही ३ हजार दिएको र भारतमा राम्रो काम लगाइ दिन्छु भनि आश्वासन दिएको बताए ।
सोमवार राती ५३ जना नेपालीलाई भारतको विरपुर स्थित रहेको एसएसबीले नियन्त्रणमा लिएको थियो ।
जसमध्ये ३३ जनालाई एसएसबीले विरपुरबाटै मंगलवार सवेरै परिवारको जिम्मा लगाएको थियो भने अन्य लाई सुनसरी प्रहरीको जिम्मा लगाएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia