२० माघ, धरान। तस्करी गरि लुकाइराखेको अवैध काठ सहित धरान–१७ रेल्वेबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१७ का इन्द्रबहादुर मगरलाई ६ किवि ८ फुट सालको काठ सहित पक्राउ गरेको हो । झ्याल ढोकामा प्रयोग हुने साइजको ५ फुट तथा ६ फुटको सालको काठ मगरको घरबाट बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

सुराकीको आधारमा शुक्रबार राती मगरको घरमा छापामारी सो काठ वरामत गरिएको डिएसपी पौडेलको भनाई छ । मगरको घरको वरन्डामा लूकाइ राखेको अवस्थामा काठ फेला परेका डिएसपी पौडेलले वताए । पक्राउ परेका मगर र काठ आवश्यक कारबाहीको लागी सेक्टर वन कार्यलय धरानमा बुझाइने डिएसपी पौडेलले जानकारी दिए । परेका मगरले आफु टेम्पो ड्राइभर भएको र आफुलाई कसैले फसाउन घरमा काठ ल्याएर राखिदिएको बताए ।

तपाईको प्रतिक्रिया