सर्लाही, २१ माघ ।  चर्को चक्रीय ब्याजदरमा ऋण दिने र ऋणीका नाममा फर्जी कागज बनाएर आर्थिक शोषणको श्रृंखला चलाइरहेका श्याम प्रदेशीले ऋणीलाई मरणासन्न हुने गरी कुटेका छन् ।

शुक्रबार ऋण तिर्न प्रदेशीको हरिपुर नगरपालिका २ स्थित घर पुगेका रामदयाल महतोलाई उनले घरभित्रै थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । प्रदेशीले सैतानी ब्याजको पासो थापेर ३ सयभन्दा बढी अति विपन्न दलित समुदायमाथि आर्थिक शोषणको शृंखला चलाएका थिए ।

घाइते महतोलाई प्रहरीले उद्धार गरी हरिऔनस्थित नमुना अस्पतालमा उपचारका निम्ति पुर्‍याएको थियो । एक दिनको उपचारपछि उनी घर फर्केका छन् ।करिब तीन वर्षअघि महतोले प्रदेशीसँग सात लाख रुपैयाँ ऋण लिएका थिए । महतोका अनुसार यो अवधिमा उनले घरखेत नै बेचेर ४० लाख रुपैयाँ बुझाइसकेका छन् । आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया