२१ माघ, मोरङ। ईलाका प्रहरी कार्यालय रानीले आईतबार एक लाख पैतालीस हजार एक सय पचास रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ। “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तरगत नाकाहरुमा निस्किएको गस्ती टोलीले शनिबार भन्सार छलेर चोरी तस्करी गर्दै गरेको अवस्थामा खाधान्न तथा लत्ताकपडाहरु बरामद गरेका थिए। बरामद सामानसंगै ढुवानी कार्यमा प्रयोग भएका साईकल कारवाहीका लागी विराटनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया