२१ माघ, इटहरी। हालै सम्पन्न प्रतिनिधि तथा प्रदेससभा अन्तर्गत सुनसरी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तथा समानुपातिक तर्फबाट चुनिएका जनप्रतिनिधिहरुलाई नेपाल आदिवासी जनजाति संघले सम्मान गरेको छ। सुनसरीको इटहरीमा नेपाली काग्रेस निकट जनजाति संघले काग्रेसका तर्फबाट चुनिएका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो।

सुनसरी क्षेत्र २बाट प्रतिनिधिसभामा निर्वाचित सासंद सिताराम मेहता , प्रदेससभाका राजिव कोइरालाका साथै समानुपातिक तर्फबाट चयन भएका नवोदिता चौधरी र ज्योति सुब्वालाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थ मन्त्री रामशरण महतले दोसल्ला र सम्मान पत्रले सम्मान गरे ।

नेपाल आदिवासी जनजाति संघ सुनसरी क्षेत्र नम्बर २का सभापति उदय सुब्वाको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा नेपाली काग्रेस इटहरीका कार्यवाहक सभापति शिवराज दाहाल, ट्ेड युनियन काग्रेसका प्रदेस नम्वर १का उपाध्यक्ष ज्योति कोइराला, दिवस पोखरेल सम्मानित सांसदहरुका साथै प्रमुख अथिती काग्रेस नेपाल केन्द्रीय सदस्य रामशरण महतले काग्रेसलाईलाई पहिलेकै अवस्थामा पुर्याउन सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया