२१ माघ, तेज बहादुर बन इटहरी। गत एक महिना अघि इटहरीमा भएकाे बालिका बलात्कारकाे घटना प्रहरीकै मिलेमताेमा गुपचुप रहेकाे पाइएपछि क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरकाे निर्देशनमा इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर चिरञ्जिवि दाहाललार्इ निलम्बन गरेकाे छ । उनलार्इ अहिले घटनाबारे थप अनुशन्धानकालागि बिराटनगर झिकाइ  प्रहरीले साेधपुछ अघी बढाएकाे छ ।

सामाजिक सञ्जालबाट नजिकिदै गएपछि  अंग्रेजी नयाँ बर्षकाे अवसर पारेर घुम्न जाने भन्दै इटहरीकाे राेयल रिसाेर्टमा बालिकालार्इ बलात्कार गरेका थिए । उक्त घटना बाहिरिनु अघिनै इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर दाहालले पिडित परिवारलार्इ धम्क्याइ मिलापत्र गर्न लगाएपछि एक महिना सम्म घटना त्यतिकै गुपचुप रहेकाे थियाे ।

घटना भएको करिव एक महिना पछि काेशी अञ्चल प्रहरी कार्यालय धरानका एसएसपी हरिबहादुर पालकाे संयाेजकत्वमा छानबिन समिति गठन गरी टाेलीले मुद्धा दर्ता गर्दै छानबिन अघि बढाएकाे छ । यता घटनामा संलग्न एक ब्याक्ती पक्राउ परेका छन । पक्राउ पर्नेमा जाेकम लिम्बु रहेकाे प्रहरीले बताएकाे छ । अाफु बिदामा बसेकाे बेला यस्ताे घटना भएकाे कारण भर्खरै मात्र घटनाबारे जानकारी पाएकाे र अनुशन्धान प्रकृिया अघी बढाइएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य कुमार राउतले बताए ।

यता घटना पछि इटहरीमा रहेका महिला अधिकारवादीहरूले इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गाैतमम र इलाका प्रहरी कार्यालय इटहरीमा ज्ञापन पत्र बुझाएका छन । घटनाकाे बिराेध जनाउदै संलग्न ब्याक्तीहरूलार्इ तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्न माग गर्दै महिला अधिकारवादीहरूले अाइतबार दुवै स्थानमा ज्ञापन पत्र बुझाएका हुन ।

तपाईको प्रतिक्रिया