२१ माघ, मिकाइल आलम इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र भाणटावारीमा भारतीय प्रहरी हतियार सहित नेपाल प्रवेश गरेको छ। आइतबार दिउँसो १ बजेको समयमा भारत बिहारका भारतीय प्रहरी दुईवटा हतियार सहित सीमा क्षेत्रबाट अन्दाजी २ सय मिटर भित्र नेपाल प्रवेश गरेका हुन।

वनटेस्ट कारमा एस.एम.जी.९ र पिस्टन सहित भारत मधुवनी जिल्ला लौकही थानाका एसआई रामअशिश काम्ती र हवल्दार बर्जेन्द्र शर्मा स्थानीय सीमावर्ती क्षेत्रका नेपालीलाई लखेट्दै नेपाली भुमिमा प्रवेश गरेको भाणटावारी स्थानीयहरुले बताएका छन् । नेपालीलाई फोनमा भेटन बोलाएर समात्न खोजेपछि स्थानीय दुई जना नेपाली भागेर नेपाल प्रवेश गर्दा समेत भारतीय प्रहरी उनीहरूलाई लखेट्दै हतियार सहित नेपाल प्रवेश गरेका हुन । स्थानीय सीमावर्ती क्षेत्रका नेपाली प्रहरीसंग समन्वय नगरी नेपालीलाई लखेट्दै नेपालमा प्रवेश गरेर नेपालीलाई मार्ने प्रयास भारती प्रहरीले गरेको कोसी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष विन्देश्वर यादवले बताए ।

यादव सहितको नेतृत्वमा रहेको स्थानीयहरु संगै बिओपी भाणटावारीका सशस्त्र प्रहरीले उनीहरूलाई समातेर नेपाल प्रहरीको जिम्मा लगाएको थियो । यस्तो घटना फेरि नदोहोरिने प्रतिबद्धता भारतीय पक्षले जनाएपछि उनीहरूलाई नेपाल प्रहरीले भारतीय प्रहरीलाई जिम्मा लगाएको सुनसरी प्रहरीले जनाएको छ । केही वर्ष अघि पनि यहीँ क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा चार जना नेपाली घाइते भएका थिए । यता पटक पटक भारतीय प्रहरीको ज्यादतीले सीमावर्ती क्षेत्रका स्थानीयहरु त्रसित हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया