इनरुवा २२ माघ /इनरुवा ७ चाँदबेला सीताघाट गुठी संचालन समिति सुनसरीले आजबाट श्रीमद्भागवत महापुराण धन धान्याञ्चल तुलादान महायज्ञ सुरु गरेको छ । माघ २८ गते सम्म चल्ने महापुराण घाट व्यवस्थापन तथा संरचना निर्माणको उद्येश्य अनुरुप संचालनमा ल्याइएको आयोजकले जनाएको छ ।

पुराणबाट संकलित रकम घाट निर्माणमा खर्चने जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष समेत रहेका सीताघाट गुठी संस्था चाँदबेलाका संयोजक गोपालराज भण्डरीले बताए ।ज्योतिष पण्डित बालब्यास कमल दाहालले बाचन गर्ने भागवत् पुराण संगितमय रहने र महाराज सत्यदेवको प्रमुख आतिथ्यता रहने आयोजक समतिका अच्युत भण्डारीले जानकारी दिए । पुराणको पहिलो दिन आज कलश यात्रा निकालिएको छ । कलशयात्रामा इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल सहित ५ नम्वर वडाध्यक्ष अञ्जनी पोखरेल सहित ठुलो संख्यामा भक्तजनहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया