२२ माघ, गोपाल पोखरेल मोरङ। माेरङकाे बिराटनगरमा प्रदेश न १ को प्रदेश सासदको पहिलो बैठकमा सोमबार १ बजे सांसद भवनमा सम्पन्न भएकाे छ । प्रदेश सभाका जेष्ठ सदस्य ओमकाश सरावगी (सभामुख) नेतृत्वमा बसेकाे बैठकबाट अागामी माघ २९ गते सभामुखको निर्वाचनको मिति समेत घोषण गरीएकाे छ । राष्ट्रिय गित बजाएर सुरू भएकाे पहिलाे प्रदेश सभाकाे बैठकमा एक नं प्रदेश भरी बिजयी सांसदहरूकाे बाक्लाे उपस्थिति देखिएकाे थियाे ।

पहिलो बैठकमा बोल्ने भाग्यमानी को को हुन ?

सभामुखले प्रदेश सदस्य नारायण मगरलाई बोल्न ३ मिनेटको समय प्रदान गरे । नारायण प्रदेश नम्मर १ को सांसदको पहिलो बैठकमा बोल्ने भाग्मानी सासद हुन । उदयपुरबाट प्रदेश सदस्यमा प्रत्यक्ष निर्वाचनमा बिजयी भएका हुन । उनले बिकास र सम्बृद्धीलाई जोड दिनुपर्ने धारणा व्यक्त गरे । प्रदेश न १ पहिलो बैठकमा बोल्ने दोस्रो ब्यक्ती हुन विष्णुमायाँ तुम्हाम्फे ।

उनि संघीय लोकतान्त्रीक राष्ट्रिमञ्चकी नेतृ हुन । उनि सामानुपतीकमा छानिएकी हुन । उनले नेपाललाई नै १० प्रदेशमा बिभाजन गर्न माग गरीन । आदीबासी जनजातीको भाषालाई राष्ट्रिय भाषा बनाउन माग गरिन । राप्रपाको तर्फबाट प्रदेश सभासदस्य ईन्दीरा राईले राजतन्त्र र हिन्दुराज्य स्थापनाको माग गरिन । उनलेभनीन,‘ यो मुलुकलाई राजतन्त्र र हिन्दु राज्य आवश्यक छ ।,यसैगरी संघिय समाजवादी फोरमका नेता एव्म प्रदेस सदस्य जयराम यादवले राष्ट्रिय एकतालाई अखण्ड राख्दै प्रदश नम्मर १ सम्बृद्ध र बिकासशिल बनाउनु पर्ने माग गरे ।उनलेभने,‘ यो प्रदेशलाई बिकास र सम्बृद्धिले भरिपुर्ण बनाउनु पर्छ,‘ त्यसकालागी स्थिर सरकार चाहिन्छ,।

प्रदेशसभामै प्रदेश सभाका सदस्य (एव्म माओवादी नेता) ईन्द्र आङबो बेरोजगारी समस्या समाधान गनुपर्ने र प्रदेशलाई पुर्ण बिकसीत बनाउनुपर्ने धारण राखे । उनलेभने,‘ यो प्रदेशको बेरोजगारी समस्या समाधान गर्नु पर्छ र प्रदेशलाई बिकासका सबै र्पुबारधारको निर्माणगरी पुर्ण बिकरस्त बनाउनु पर्छ ,।

त्यसैगरी प्रदेश सभासदस्य चन्द्र प्रसाद श्रेष्ठले समानुपातीक बिकासमा जोड दिनुभयो । हिमल पहाड र तराईका विभिन्न क्षेत्रमा समानुपतीक रपमा बिकास गर्न आवाश्यक रहेको बताए ।त्यसैगरी प्रदेश सदस्य एव्म(एमाले नेता ) भिम आचार्यले बिकासका एजेन्डा सबैदलका साझा हुनुपर्ने बिचार व्यक्त गरे । उनलेभने,‘ हामी अब बिकास गर्ने प्रतीस्प्रधा गरौ ,। उनले बृषि, पर्यटन , उद्योगिक, शिक्षा क्षेत्रको बिकासकालागी सबै मिलेर लानुपर्ने बताए ।

एमाले १ न को सासदिय निर्वाचन माघ २६ मा

एमाले प्रदेश न १ को सांसदीय दलको निर्वाचन माघ २६ गते हुने भएको छ । मुख्य मन्त्रीका आकांक्षी एव्म पुर्व सञ्चारमन्त्री शेरधन राई , एमाले सचिब एव्म पुर्व पर्यटन मन्त्री भिम आचार्य र एमाले पुर्व कोशिअञ्चल ईन्चार्ज जिवन घिमिरे चुनावी मैदानमा उत्रिने छन । संसदिय दलको नेतामा सर्वसम्मत हुन नसकेपछी चुनाव हुन लागेको एमाले नेता शेरधन राईले जानकारी दिए ।

राई ओली पक्षका हुन । आचार्य र घिमिरे नेपाल पक्षका हुन । नेपाल पक्षबाट आचार्य र घिमिरे मध्ये १ जना उमेदवार बन्ने छन । भने ओली पक्षबाट राई नै चुनावी मैदानमा उत्रिने छ । स्रोतका अनुसार घिमिरेलाई कुनै पावरफुल मन्त्री दिएर बसाईने र नेपाल पक्षबाट राईलाई उठाउने तयारी भईरहेको छ ।

काग्रेस संसदिय दलको नेता को ?

काग्रेसको प्रदेश न १ को ससदीय दलको नेता को बन्ने भन्ने अन्यौल भएको छ । एमालेको संसदीय दलको निर्वाचन टुङगो लागेपनी कांग्रेसको संसदीय दलको नेता को टुङगो लागेको छैन । कांग्रेसका युवा नेता केदार कार्की, सुनसरी काग्रेसका नेता राजिब कोईराला, बौदीक नेता लोकप्रसाद संग्रौलाको नाम र्चचामा छ । तर कांग्रस संसदीय दलको निर्वाचन भने तोकीएको छैन । युवा नेता राजिब कोईरालाले भने,‘ सर्व सम्मतको प्रयास भईरहेको छ भएन भने चुनाबै हुन्छ,। पुर्वेलीको सहयोगमा

तपाईको प्रतिक्रिया