२२ माघ, इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा समुदाय प्रहरी सम्वाद कार्यक्रम समपन्न भएको छ। सो समवाद कार्यक्रम युकेएड, साझा सवालकालागि साझा मञ्च कोकन र सर्च फर कमन ग्राउन्डको सहकार्यमा कार्यक्रम समपन्न भएको हो। सो कार्यक्रममा बाल विवाह, दाइजो प्रथा र सुरक्षा र न्यायको विषयमा प्रहरी र युवा बिच छलफल भएको हो।

सुरक्षा र न्यायका लागि सबैको सहकार्य र सूचना अदान प्रदान आवश्यक रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरायण प्रसाद चिमरीयाले बताउनुभयो। चिमरीयाले खासमा विपन्न र सिमान्तकृत समुदायको पँहुच र न्याय नरहेको कारण उनीहरुका लागि कार्यक्रम ल्याउँनुपर्नेमा जोड दिनुभयो।

वहाँले प्रहरीमा खुसीले नभई दुःखले आउने भएकाले उनीहरुलाई आफुहरुले सोही अनुसार सेवा दिएको बताउनुभयो । त्यस्तै कार्यक्रममा कोकनका उपाध्यक्ष मन्जिता उपाध्ययले आफुहरु महिला बालबालिका र सिमान्तकृतका लागि कार्यक्रम गर्दै आएको र सोही क्रममा पँहुत परियोजना समेत ल्याएको बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक पुरुषोतम घिमिरेले सम्वादको माध्यम बाट समस्या समाधान गर्न सकिने र द्धन्द्ध घटाउन सकिने बताउनुभयो ।सो कार्यक्रममा अलबिना प्रविण, मौसम राई, कमलकिशोर शर्मा, चन्दन गुप्ता, सन्जिता शर्मा, ममता उँराव लगायतकाले न्याय र सुरक्षाको बारेमा बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया