unnamed2

अर्घाखाँची २३ असोज –  अर्घाखाँचीका महिला स्वास्थय स्वयं सेबिकाहरुले जिल्लाको कुपोषण घटाउन पहल गर्ने बताएका छन । उनीहरुले पहिले देखिनै स्वास्थ्य र अन्य क्षेत्रमा काम गर्दै आएकोमा अब कुपोषणको दर हटाउन सक्रियताका साथ लाग्ने बताएका छन ।

अर्घाखाँचीका बिभिन्न स्थानमा सञ्चालन भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिमका सहभागी महिला स्वास्थ्य स्वयं सेबिकाहरुले यस्तो कुरा बताएका हुन ।

जिल्ला स्वास्थ्य कार्यलयको आयोजनामा सुआहारा कार्यक्रम अन्तर्गत लुम्बिनी सामाजीक बिकास केन्द्रको सहजीकरणमा ५ दिन सम्म सञ्चालन भएको तालिमका सहभागी महिला स्वास्थ्य स्वयं सेबिकाहरुले आमा र बच्चाको स्वास्थ्य अबस्था सुदृढ गर्नका लागि आफुहरु अझ ससक्त रुपमा लागि पर्ने बताएका छन ।दुइ चरणमा सञ्चालन भएको तालिममा झण्डै २० गाविसका महिला स्वास्थ्य स्वं सेबिकाहरुले तालिम प्राप्त गरेका छन ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया