२३ माघ, तेजबहादुर बन इटहरी। पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरी इनरूवा सडक खण्डकाे राधाकृष्ण पेट्राेल पम्प अगाडी खुल्ला राजमार्गबाट जबरजस्ती रकम असुलिरहेकाे समाचार पटक पटक बाहिरिरहदा पनि यस्ताे कर्तुत राेक्न कुनै निकायले ठाेस कदम उठाएकाे छैन । खुल्ला राजमार्गलार्इ  कमाउ धन्दा बनाउदै अाइरहेका केही युवाहरूकाे समुहले अान्तरीक तथा बाहिय पर्यटकहरूबाट जबरजस्ति रकम असुल्ने काम अझै निरन्तर राखेका छन ।

पार्किङ तथा सरसफाइ शुल्क भन्दै गैरकानुनी ढंगबाट जथाभावी रकम असुलिरहदा पनि सम्बन्धित निकाय इलाका प्रहरी कार्यालय इटहरी , पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी र इटहरी उपमहानगरपालिका अन्तरगत न्यायिक समिति संयाेजक समेत रहेकाे उपमेयर लक्ष्मि गाैतम अझै रमिते बनिरहेका छन ।

केही बर्ष देखि इटहरी उपमहानगरपालिकाले बसपार्क छिर्ने मार्ग अन्तरगत बिपी चाैकभित्र सरसफाइ तथा पार्किङ शुल्क उठाउन अावहान गरेकाे टेण्डर इटहरीका युवा ब्यवसायी सन्ताेष कार्कीले पारेका थिए । उपमहानगरले साे राजमार्गमा यातायात प्रवेश शुल्क तोक्दै निजि तथा लामो दुरीका सवारीहरूबाट प्रवेश शुल्क उठाउन स्थानीय युवा ब्यवसायी सन्तोष कार्कीलाई ठेक्का दिएको थियो।

तर गत श्रावणमा आएको बाढीले उक्त राजमार्ग भत्काएपछि यातायातका साधनहरू  मुख्य राजमार्गबाट गुडन थालेसंगै ठेकेदार सन्ताेष कार्किले केही युवाहरू परिचालन गरी मुख्य राजमार्गलार्इ कमाउ धन्दा बनाउन थालेका छन । भित्री राजमार्गबाट भारतीय सवारी लगायत पर्यटकसवार यातायातका साधनहरू त्यति नचलेपछि कमाइ नहुने तर मुख्य राजमार्गमा दैनिक जसाे भारतीय सवारी साधनहरू गुडनेभएपछि ठेकेदार कार्कीले रकम असुल्ने युवाहरूलार्इ पुरानाे स्थानमा नफर्कन दिएकाे अादेस अनुरूप गैरकानुनी तवरले खुल्ला राजमार्गबाट पार्किङ शुल्क भन्दै मनपरी शुल्क उठाउने गरेका छन ।

युवाका समुहले भारतीय पर्यटकीय सवार सवारीसाधनहरूबाट अभद्र ब्यवहार गर्दै जबरजस्ति रकम असुल्नुका साथै पर्यटकहरूमाथी हातपात समेत गर्ने गरेका छन । केही कारण गाडी नराेकि अगाडी बढे ढुंगा टिपेर हान्ने सम्मका कृयाकलाप उक्त राजमार्गमा दिउसै देख्न पाइन्छ ।

रसिद हेर्दा इटहरी उपमहानगरपालिका पार्किङ तथा सरसफाइ शुल्क लेखिएको छ । तर उक्त राजमार्गमा न त कुनै सवारीसाधनहरू पार्किङ हुन्छ नत सरसफाइ नै ! ति युवाहरूलाृइ यहि प्रश्न गर्दा हामि नसोध्नु उपमहानगरलाई नै सोध्नु भन्दै औला तेर्स्याउने गरेका छन । कार्कीबाट परिचालित युवाहरूकाे समुहले सवारी साधन र भित्र सवार भएका ब्याक्ती अनुसार रू ५० देखी २ सय सम्म रकम असुल्ने गरेका छन ।

बाढीका कारण क्षतिग्रस्त बनेका बिपी राजमार्ग छिर्ने सडक अहिले  सुचारू भइ नियमित रूपमा यातायातका साधनहरू सञ्चालन भइसक्दा समेत रकम असुल्ने युवाहरू  ठेकेदार कार्कीकाे निर्देशनमा पहिलाको स्थानमा फर्कन मानेका छैनन ।उपमहानगरबाट पनि याे बिषयमा अहिले सम्म कुनै पहल नभएपछि झनै ठेकेदार कार्कीलार्इ रकम असुल्न सजिलाे बनेकाे छ ।

भन्नेबेलामा इटहरीलार्इ पर्यटकहरूकाे हव भन्दै प्रचार गर्ने गरीएकाे छ तर तिनै पर्यटकहरूमाथी भएकाे अभद्र ब्यवहार भने कसैले देखेका छैनन । इटहरीमा नानाथरी शुल्ककाे नाममा दिनदहाडै पर्यटकहरूमाथी लुटपाट भइरहदा पनि सम्बन्धित निकायहरू माैन बसिदिनुले भाेलीका दिनमा उक्त पर्यटकहरूले इटहरीलार्इ हेर्ने नजर नकरात्मक बन्दै जानेमा शंका छैन । यता यस बिषयमा इटहरी उपमहानगरपालिका अन्तरगत उपमेयर लक्ष्मि गाैतम संग सम्पर्क गर्दा उनले याे गुनासाे धेरै पटक अाएकाे र यस्लार्इ न्युनिकरण गर्न अाफु तत्पर रहेकाे र केही दिनपछि नै राजमार्गबाट ति युवाहरूलार्इ हटाउने पनि बताउनुभयाे ।

तपाईको प्रतिक्रिया