२३ माघ, महोत्तरी। तीन वर्षीय अबोध बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा महोत्तरीमा एक अभियुक्तलाई १० वर्ष जेल सजाय भएको छ । गौशाला नगरपालिका वडा नं. २ बस्ने १८ वर्षीय कुमार भुजेललाई स्थानीय तीन वर्षीया नाबालिकलाई करणी गरेको अभियोगमा दोषी ठहर गर्र्दै जिल्ला अदालत महोत्तरीले १० बर्ष कैद र ५० हजार जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश मल्लले जानकारी दिएका छन् ।

भुजेलले यही कात्तिक १६ गते गौशाला नगरपालिका २ स्थित ती बालिकालाई जबरजस्ती करणी गरेको गरेका थिए । कात्तिक १७ गते पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय गौशालामा जवरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । इलाका प्रहरी कार्यालय गौशालाले अभियुक्तलाई कात्तिक १६ गते नै पक्राउ गरी जिल्ला अदालत महोत्तरीमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया