२४ माघ, विराटनगर। राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक नम्बर प्रदेशमा तिन सय ६४ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचन २०७४ अन्तर्गत प्रदेश नं. १ निर्वाचनमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान १० बजे देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएकोमा निर्धारित समयमा प्रदेश सभा सदस्य मतदाता भएको केन्द्रमा पुरुष ६१ जना र महिला ३१ जना गरी जम्मा ९२ जनाले मतदान गरेका छन् । यो मतदान केन्द्रमा एकजनाको अनुपस्थीती देखिएको छ ।

त्यस्तै गाउँपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहेको केन्द्रमा पुरुष १सय ४१ र महिला १ सय ३१ गरी जम्मा २ सय ७२ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो मतदान केन्द्रमा पनि एकजनाको अनुपस्थित रहेको हो । निर्वाचनमा एक महानगर, २ उपमहानगर, ६० नगरपालिका सहित ७४ गाउँपालिकाका प्रमुख तथा उप प्रमुखले मतदान गरेका हुन । एक नम्बर प्रदेशमा एक सय ३७ स्थानीय तह रहेका छन् । स्थानीय तहको मत ४ हजार ९ सय २३ र प्रदेश सदस्यको मत ४ हजार ४ सय ६४ रहेको क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरले जनाएको छ । स्थानीय तहको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने ब्यवस्था गरिएको छ ।

प्रदेश नम्बर १ मा दलित, अल्पसंख्याक वा अपाङगता भएका समुहमा मात्र निर्वाचन भएको हो । २ सदस्यको लागि निर्वाचन प्रक्रियाबाट निर्वाचन भएको हो ।आबरबिराटनगरको सहयोगमा

तपाईको प्रतिक्रिया