२४ माघ, इटहरी। नितीगत समस्याका कारण बन कार्यालयहरुमा घाटगद्दी गरिएका काठहरु सडेर काम नलाग्ने मात्र बन्ने गरेका छैनन राजस्व संकलन समेत प्रभावित वन्ने गरेको छ । सुनसरीको बराह नगरपालिकाको चक्रघट्टीमा रहेको सेक्टर बन कार्यालयमा घाटगद्दी गरिएका ठुलो परिणामका काठहरु समेत सडेर काम अवस्थामा पुग्न थालेका छन ।

लामो समय देखि सेक्टर बन कार्यालयले पक्राउ गरी ल्याएका तथा लडेपडेका रुखहरु ल्याएर भण्डारण गरिएपनि लिलामी नगरिदा कुहिन थालेको हो । पक्राउ गरिएका काठहरुका सम्वन्धमा मुद्धाको किनारा ठिलो हुदाँ समयमै लिलामी प्रकृया अघि बढाउन नसक्दा काठहरु कुहिने अवस्थामा पुग्ने गरेका हुन । बन कार्यालयहरुका घाटगद्दी गरिएका काठहरु नितिगत समस्याका कारण समयमै लिलाम गर्न नसकिदामा आम्दानी बाँधेर विकास निर्माणमा खर्च गर्न समेत नसकिने अवस्था रहेको पाइएको बराह नगरपालिकाका मेयर निलम खनाल वताउछन ।

सेक्टर बन कार्यालय महेन्द्रनगरमा थन्किएका काठहरु मध्ये आदा जसो काम नलाग्ने बनी सकेका छन । सेक्टर वनका अधिकृत महेशकुमार साहले आफुहरुले समयसमयमा पक्राउ गरेर काठहरु ल्याएर थन्काउने गरेपनि लिलामी प्रकृया ठुलो हुँदा काठहरु सड्ने गरेको वताउछन । सेक्टर बन कार्यालय महेन्द्रनगर चक्रघट्टीमा पछिल्लो समय १४ हजार क्यूफिटसँगै त्यहाँ घाटगद्दी गरेर राखिएका पुराना विभिन्न मुद्दाका १५ सय क्यूफिट काठ अहिले पनि कार्यालय परिसरमा थन्कि रहेको देखिन्छ ।

सेक्टर बन कार्यालय परिषरमा थन्किएका काठहरु काम नलाग्ने वन्दै गएको देख्दा चिन्ता लागेको बराह नगरपालिका वर्डा नम्वर ६का वर्डा अध्यक्ष उद्धवप्रसाद पोखरेल सुनाउछन । स्थानियहरु करोडौं राज्यलाई नोक्सानी हुने यस प्रकारका मुद्धाहरुलाई समयमै निकासा दिएर अथवा नयाँ निति नियम वनाएर उपयोग योग्य वनाउनु पर्नेमा जोड दिन्छन ।

तपाईको प्रतिक्रिया