२५ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ को वडा कार्यालयको आज एक कार्यक्रमका बिच  उद्घाटन भएको छ। विगत सात महिना देखी भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयमा तिन वटा वडा कार्यालयको कामकाज गर्न असहज भएका कारण आज अर्थ मन्त्री तथा सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आथित्यमा वडा कार्यालयको उदघाटन भएको छ ।

सो उदघाटन कार्याक्रमका विशिष्ट अतिथीहरुमा पूर्व राज्यमन्त्री तथा सुनसरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सिताराम मेहता, क्षेत्र नं. २ (ख) का प्रदेश सभा सदस्य राजवि कोइराला, क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य ताहिर मिँया, पूर्व सांसद सुर्यदेव उँराव, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव रहेका थिए भने अतिथीहरुमा इनरुवा नगरपालिकाकी उपमेयर जामुना पोखरेल गौतम, भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पूनम मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, उपाध्यक्ष अनिता देवी यादव, भोक्राहा नरसिंह गाउँपालिकाका वडाध्यक्षहरुको सहभागीता रहेको थियो ।

सो उदघाटन कार्यक्रममा पूर्व गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष तथा सहिद परिवारहरुलाई सम्मान समेत गरिएको थियो। भने उदघाटन कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. ४ का वडाध्यक्ष हारुण आँसारीको अध्यक्षतामा समपन्न भएको थियो । उदघाटन कार्यक्रमको उदघोषण वडा नं.४ का वडा सचिव श्याम प्रसाद दहाल र वडा सदस्य सुनिल कुमार साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया