२५ माघ, इनरुवा। सुनसरीमा केरा खेतिबाट राम्रो आम्दानी नभएपनि केरा तर्फको आकर्षण भने नघटेको पाइएको छ। जिल्लामा केराबाट २ वर्ष यता खासै राम्रो आम्दानी नभएपनि केरा लगाउने क्षेत्रफल भने बढेको पाइएको छ ।

जिल्लामा १ दशक यता केरा व्यवसायिक रुपमा लगाउदै आएको किसानहरुले बताएका छन् । जिल्लाका करिव तीन हजार किसानले ७ सय हेक्टर क्षेत्रफलमा केरा खेति लागाउदै आएका छन । जिल्लामा केरा उत्पादकत्व ७ हजार ५ सय ८० मेट्रिकटन रहेको छ । २०७२ को भुकम्पपछि केराको बजार सन्तोषजनक नभएपनि किसानहरुको आकर्षकको केन्द्र केरा बन्दै गएको किसान जिपी यादवले जानकारी दिनुभयो । यादवका अनुसार केरा नगदेबाली जस्तै तत्काल बेचेर रकम आउने भएकाले त्यसप्रतिको आकर्षण बढदो क्रममा रहेको हो । सुनसरीमा विलियम हाईव्रिड, रोवोस्टा, सिगांपारी र हरीछाल लगायतका उन्नत जातका केरा लगाउदै आएको छ ।

तपाईको प्रतिक्रिया